Shine Education Logo
Shine Education
    Shine EducationNext Level IT Services Pvt. Ltd.

    Discover trusted institutions, explore fresh insights, and connect with what matters — all in one place.

    📍 Lalitpur, Nepal

    📞 +977-9849196171

    🌐 shineducation.com

    FacebookTwitterInstagramLinkedInYouTube
    © 2026 Shine Education. All rights reserved.•Next Level IT Services Pvt. Ltd.
    Privacy Policy•Terms of Service•Cookie Policy

    निष्ठाको राजनीति र कांग्रेसको विरासत: एक नयाँ यात्राको सुरुवात

    yubraj lama
    January 20, 2026
    368 views
    निष्ठाको राजनीति र कांग्रेसको विरासत: एक नयाँ यात्राको सुरुवात
    गठबन्धन भन्दा सिद्धान्त ठूलो मान्दै, देशभर रूख चिन्हको पुनरागमन र गगन थापाको नेतृत्वमा 'समुन्नत नेपाल' निर्माणका लागि हाम्रो अटल प्रतिबद्धता।

    कांग्रेस आज आफ्नो पुरानो बिरासतमा फर्केको छ । रूख रूचाउने मतदाताहरूको मताधिकार खोसिएन यसपटक ! अर्थात देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ । मैले चाहेको मुल कुरो यही थियो । आदर्श र सिद्धान्त मुख्य कुरा हो, चुनावी गणित र गणितका लागि जे पनि जायज होईन । म यसैमा दृढ थिएँ ! छु र रहनेछु ।


    सायद यही भएर होला निष्ठाको वकालत गर्दै वास्तविक लोकतन्त्रका लागि तत्कालीन पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न, गठबन्धन बिरूद्ध जिल्ला सम्मेलनको प्रस्ताव र निर्णय, वर्तमान सभापति गगन कुमार थापा र उपसभापति बिश्वप्रकाश शर्मासँगको रुपान्तरण प्रयासमा सहकार्य र बिशेष महाधिवेशनको महान् अभियानको संघर्षमा आफुलाई निरन्तर समर्पित गरेको हुँ । जुन आज सार्थक भएको छ, त्यसैले केही खुसी छु ।


    आज फेरि भन्दैछु, first-humanity, second-dignity & third-politics. मेरो लागि व्यक्तिगत स्वार्थ र फाइदा भन्दा थिति र बिधि सधैं प्रधान हुन्छ । पाउनु र गुमाउनु मेरो जीवनको लक्ष्य कहिल्यै हुदैन । म उभिएको ठाउँ र धरातल सही थियो वा थिएन ? छ कि छैन ? मैले गरेको कर्म उत्कृष्ट होला वा नहोला तर निकृष्ट छ वा छैन ? म यसैमा सचेत छु । एकदिन मर्नुपर्छ, थाहा छ ! त्यसैले धुर्त होइन ईमानदारीको पथ रोज्छु । मलाई होईन, हामीलाई खोज्छु । लामो यात्राको धेरै घटनाक्रम सम्झेर यति लेख्न मन लाग्यो ।


    अन्त्यमा निशंकोच भन्न चाहन्छु, मेरो संगत र बुझाइमा गगन व्यक्ति होइनन्, बिचार हुन् । उनीसँग देश बनाउने एउटा सपना, हुटहुटी र संकल्प छ । त्यसलाई साकार बनाउँदै "समुन्नत नेपाल र सम्मानित नेपाली" को यात्रामा सहकार्य गर्न तपाईंको एक मत नवीन जागरण सहितको नेपाली कांग्रेस र नेपाली कांग्रेसको चुनाव चिन्ह #रुखलाई ।

    देशभरका कांग्रेस उम्मेदवारहरूलाई बधाई र बिजयी भवको शुभकामना ! 🌺🌺🇳🇵🇳🇵🌺🌺

    जय नेपाल !

    SN

    Shine news

    self

    More from this author

    Related Posts