Dolakha Nsu committee
D
Dolakha charikot

Dolakha Nsu committee

Joined Feb 5, 202693 views

About Dolakha District Nepal Student Union (NSU)


नेपाल विद्यार्थी सङ्घ दोलखा जिल्ला समिति देशकै पुरानो र अग्रणी विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घ अन्तर्गतको जिल्ला संगठन हो। यसको स्थापना विद्यार्थीको हक–अधिकार, शिक्षा, लोकतन्त्र र सामाजिक न्यायको लागि गरिएको हो।


दोलखा जिल्ला नेविसंघले विद्यार्थीहरूको समस्यालाई आफ्नै समस्या मानेर समाधानमा पहल गर्दै आएको छ। गुणस्तरीय शिक्षा, सहज शैक्षिक वातावरण, र सबैलाई शिक्षा पहुँच सुनिश्चित गर्ने अभियान निरन्तर सञ्चालन हुँदै आएको छ।


यसले अन्यायमा परेका विद्यार्थीहरूलाई न्याय दिलाउने आन्दोलन, र विभिन्न गाउँपालिका–वडास्तरका विद्यार्थीलाई शैक्षिक र सामाजिक सहयोग पुर्‍याउँदै आएको छ। जिल्लाभरका क्याम्पसहरूमा संगठन विस्तार, नेतृत्व विकास, तथा विद्यार्थी हितका अभियान सञ्चालन यसको प्रमुख कार्यहरू हुन्।


नेपालभरि विद्यार्थीको आवाजलाई केन्द्रसम्म पु¥याउन, पार्टी र संगठनलाई सशक्त बनाउन, तथा लोकतन्त्र र राष्ट्रिय हितका लागि आन्दोलनमा अगुवा भूमिका निर्वाह गर्दै आएको छ।


✍️ दोलखा जिल्ला नेविसंघको उद्देश्य स्पष्ट छ — विद्यार्थी अधिकारको संरक्षण, शिक्षा र सामाजिक न्याय सुनिश्चित गर्दै सक्षम नेतृत्व निर्माण गर्ने।