
N
Minbhawan KathmanduNSU Nepal commerce campus
Joined Feb 5, 2026136 views
नेपाली विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस सधैँ विद्यार्थीको हक–अधिकार संरक्षण, शैक्षिक गुणस्तर सुधार र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि प्रतिबद्ध रहँदै आएको संगठन हो। क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूको साझा आवाज बनेर समस्या, आवश्यकता र सुझावहरूलाई जिम्मेवार निकायसमक्ष पुर्याउने हाम्रो प्रमुख उद्देश्य हो। अनुशासन, एकता र सकारात्मक सोचका साथ विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै सक्षम, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्नु नै नेपाली विद्यार्थी संघको मूल लक्ष्य हो।