
काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित करिब २०० घरधुरीका परिवारका लागि खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडालगायत २गाडि राहत सामग्री लिएर अध्यक्ष लायन विश्व केसीको नेतृत्वमा Bike Riders, Bebo Vlogs, सुस्मिता अधिकारीसहित लायन्स/लियो क्लब अफ काठमाडौं नमो बुद्धको टोली नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेतर्फ पुगेको छ।
बाढीपीडित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले क्लबको पहलमा राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुर्याइएको हो।

विपद्को समयमा मात्र नभई लायन्स/लियो क्लब अफ काठमाडौं नमो बुद्धले निरन्तर सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको संस्थापक सदस्य लायन दिपक कुमार तामाङ एम .जे.एफ ले बताए।
उनका अनुसार क्लबले विपन्न तथा असहाय वर्गलाई राहत तथा सहयोग, बालबालिकालाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन, रक्तदान कार्यक्रमलगायत सामाजिक तथा मानवीय सेवाका विभिन्न गतिविधि नियमित रूपमा गर्दै आएको छ।
“विपद्मा पीडितलाई तत्काल सहयोग गर्नु हाम्रो दायित्व हो। तर हाम्रो सेवा अभियान विपद्मा मात्र सीमित छैन। समाजमा आवश्यक परेका हरेक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छौँ,” संस्थापक सदस्य तामाङ्ले बताए।

बाढीबाट प्रभावित परिवारहरू कठिन अवस्थामा रहेका बेला राहत सामग्रीसहित तुप्चे पुगेको टोलीको यो प्रयासले सेवा, सहकार्य र मानवताको सन्देश दिएको छ। नमोबुद्ध लाईन्सको टिम राहत बोकेर आज बिहान काठमाण्डौ बाट हिडेको हो।लायनस् अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ईबाट पहिलो लायन्स कल्ब राहत लिएर गएको कुरा त्यस कल्कबा बर्तमान अध्यक्ष केसी ले बताए।