पब्लिक युथ क्याम्पसमा एमबिए फाइनान्स (MBA-Finance) सुरु: नेविसंघ र स्ववियुको चुनावी प्रतिबद्धता पुरा

2080 views
पब्लिक युथ क्याम्पसमा एमबिए फाइनान्स (MBA-Finance) सुरु: नेविसंघ र स्ववियुको चुनावी प्रतिबद्धता पुरा
पब्लिक युथ क्याम्पसमा शैक्षिक सत्र २०८२ देखि औपचारिक रूपमा एमबिए फाइनान्स (MBA-Finance) को अध्यापन सुरु हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको प्रमुख चुनावी प्रतिबद्धतामध्येको यो एक महत्त्व

काठमाडौँ: पब्लिक युथ क्याम्पसमा शैक्षिक सत्र २०८२ देखि औपचारिक रूपमा एमबिए फाइनान्स (MBA-Finance) को अध्यापन सुरु हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको प्रमुख चुनावी प्रतिबद्धतामध्येको यो एक महत्त्वपूर्ण काम पुरा भएको हो।

​विगत लामो समयदेखि BBA, BBS र BBM उत्तीर्ण गरेपछि माथिल्लो तहको अध्ययनका लागि अन्य कलेज धाउनुपर्ने विद्यार्थीहरूको बाध्यतालाई अन्त्य गर्न स्ववियु र नेविसंघले निरन्तर पहल गर्दै आएका थिए। क्याम्पस प्रमुख रामेश्वर आचार्य र व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेको विशेष सक्रियता तथा पूर्व पदाधिकारीहरूको सकारात्मक सहयोगले यो सम्भव भएको हो।

​गत असोज २७ गते डिन कार्यालयको टोलीले गरेको भौतिक पूर्वाधार र मापदण्डको अनुगमन पश्चात् क्याम्पसले यो स्वीकृति पाएको हो। यस उपलब्धिलाई नेविसंघले विद्यार्थी र क्याम्पसको साझा जितको रूपमा लिएको छ। नयाँ सत्रका लागि भर्ना समेत खुला भइसकेको जानकारी गराउँदै नेविसंघले यस अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ।

10 Followers
2 Following
162 Posts
73,460 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts