
सङ्खुवासभा — नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति सङ्खुवासभाको उपसभापति पदमा निशान घिमिरे मनोनीत हुनुभएको छ। धर्मदेवी नगरपालिका-४ निवासी घिमिरेलाई नेविसंघको विधान २०२७ (सातौँ संशोधन २०७५) को धारा ६ को १० बमोजिम उक्त जिम्मेवारी प्रदान गरिएको हो।
नेविसंघ सङ्खुवासभाका जिल्ला सभापति चिरञ्जीवी श्रेष्ठद्वारा जारी पत्रमा घिमिरेलाई उपसभापति पदमा मनोनयन गरिएको जानकारी गराउँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
संघको विधान, नीति तथा उद्देश्य अनुरूप सङ्गठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। उक्त पत्रको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति सङ्खुवासभा र नेविसंघ केन्द्रीय कार्यसमितिलाई दिइएको छ।

@shinenews