
ललितपुर। अन्तर्राष्ट्रियस्तरमा नेपालको गौरव बढाउन सफल स्वर्ण पदक विजेता खेलाडी सोनी तामाङ र फुर्साङ तामाङलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
ललितपुरको गोदावरी नगरपालिका–५, साविक लेले गाविस वडा नं. ४ मा आयोजित एक विशेष कार्यक्रममा दुवै खेलाडीलाई उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उत्कृष्ट उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो।
भारतको लुधियानामा सम्पन्न तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद जगतमा चिनाउन सफल सोनी र फुर्साङको उपलब्धिको प्रशंसा गर्दै स्थानीयस्तरबाट सम्मान गरिएको हो।
कार्यक्रममा खेलाडीहरूको मेहनत, अनुशासन, लगनशीलता र सफलताको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि देशको नाम अन्तर्राष्ट्रियस्तरमा उँचो राख्न शुभकामना व्यक्त गरिएको थियो।
स्थानीयस्तरबाट खेलाडीलाई गरिएको यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल बढाउनुका साथै नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
@ShineENews