
विगत चार दशकदेखि जनताको साथमा, जनताको पक्षमा, निरन्तर संघर्ष, योगदान र समर्पण गर्दै आइरहेको नाम हो — हिमाल कार्की, नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ–१० का उम्मेदवार।
कीर्तिपुरको निर्वाचित वडा अध्यक्षका रूपमा २०५४ सालमा नै सफल नेतृत्व प्रदान गर्दै उनले विकास, सुशासन र पारदर्शिताका उदाहरणीय कर्महरू गरेका थिए । औपचारिक शिक्षा वि.कम्. गरेका उनी एक अध्ययनशील, दूरदर्शी र स्पष्ट सोच भएका व्यक्तित्वका रूपमा रहेका छन्। नेपाली कांग्रेसको निर्वाचित संघिय , प्रदेश र स्थानिय जनप्रतिनिधि ज्यूहरुको प्रमुख सल्लाहकार र मार्गदर्शको रूपमा निति तथा कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उनले विभिन्न कालखण्डमा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूको सफलतापूर्वक नेतृत्व गरेका छन् ।
नेपाली कांग्रेसका प्रतिबद्ध नेता तथा लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा हिमाल कार्की हाल दोश्रो पटक काठमाडौँ जिल्ला सदस्यका रूपमा संगठनमा निरन्तर क्रियाशील हुनुहुन्छ।
अब “Vision10; Himal Karki Movement” को स्पष्ट मार्गचित्रसहित स्थानीय सुशासन, समुन्नति र सहकार्यको ठोस योजना लिएर उहाँ प्रतिनिधि सभामा जनताको सशक्त आवाज बन्ने अभियानमा अघि बढ्नुभएको छ।
आउनुहोस्, शुसासन, समुन्नती , विकास र विश्वासको यात्रामा — साथ दिऔँ सही व्यक्ति, सही ठाउँका प्रतीक हिमाल कार्कीलाई।
Share this profile