
नागोया, जापान । २०औँ एसियन गेम्समा नेपाली उसु खेलाडी सुस्मिता तामाङले ९.५८० अंक हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी छन्। १४औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउन सक्ने सम्भावना बोकेकी खेलाडीका रूपमा हेरिँदै आएकी तामाङले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता निरन्तर प्रस्तुत गर्दै आएकी छन्।

तामाङ यस एशियन गेम्स् सम्म नेपाल ओलम्पिक कमिटीको छात्रवृत्तिअन्तर्गत चीनमा प्रशिक्षणरत थिईन। उनी एसियन गेम्सअघि करिब तीन महिनादेखि चीनमा विशेष प्रशिक्षण लिँदै आएकी थिइन्। उच्चस्तरीय प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभवले उनको खेल प्रदर्शनमा थप निखार ल्याएको देखिन्छ।
यस बर्ष तामाङले ब्राजिलमा सम्पन्न World Wushu Championship तथा चीनमा आयोजित Taolu World Cup मा समेत प्रतिस्पर्धा गरिसकेकी छन्। ती प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि केही साना गल्तीका कारण पदकबाट चुक्नुपरेको थियो। त्यही अनुभवबाट सिक्दै उनले एसियन गेम्समा आफ्नो प्रदर्शनलाई थप परिपक्व बनाएकी छन्।

१४औँ सागलाई लक्ष्य बनाउँदै अघि बढिरहेकी तामाङका लागि एसियन गेम्सको यो प्रदर्शन महत्वपूर्ण अनुभव बनेको छ। निरन्तर प्रशिक्षण, अन्तर्राष्ट्रिय अनुभव र प्रतिस्पर्धात्मक क्षमताका कारण उनी आगामी दिनमा नेपाली उसुको पदक आशा बन्न सक्ने खेलाडीका रूपमा अघि बढिरहेकी छन्।