अमृत कार्की नेविसंघको केन्द्रीय प्रचार-प्रसार विभाग संयोजकमा मनोनीत

887 views
अमृत कार्की नेविसंघको केन्द्रीय प्रचार-प्रसार विभाग संयोजकमा मनोनीत
नेपाल विद्यार्थी संघको केन्द्रीय प्रचार-प्रसार विभाग संयोजकमा मनोनीत हुनुभएकोमा अमृत कार्की ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय प्रचार-प्रसार विभागको संयोजकमा अमृत कार्की मनोनीत भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७ को सातौँ संशोधन २०७५ को भाग ८ धारा २७ बमोजिम कार्कीलाई यस जिम्मेवारीमा मनोनीत गरेका हुन् ।

​कञ्चनपुरका कार्की यसअघि नेविसंघका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए । पत्रमा भनिएको छ, "नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनुहुनेछ भन्ने विश्वास लिइएको छ ।" नवनियुक्त संयोजक कार्कीलाई अध्यक्ष शेर्पाले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको मनोनयनले संघको सांगठनिक र प्रचारको कामले थप उचाइ लिने अपेक्षा गरिएको छ ।

10 Followers
2 Following
162 Posts
76,472 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts