
नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ (लेले) मा सम्पन्न अधिवेशनबाट देउवा पक्षका विजय कुमार लामाको अध्यक्षतामा नयाँ इकाई कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनबाट इकाई सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। नवनिर्वाचित सभापति लामाले वडा स्तरमा संगठनलाई थप सुदृढ, एकताबद्ध र सशक्त बनाउँदै स्थानीय समस्या समाधानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
