
बागमती गाउँपालिका–७, गिम्दी।
जेन्जी पुस्ताका युवा नेता तथा तेक्वान्दोका राष्ट्रिय खेलाडी गणेश लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती गाउँपालिका वडा नं. ७, गिम्दीको इकाई सभापतिमा निर्वाचित भएका छन्।
खेलकुद क्षेत्रबाट आफ्नो पहिचान बनाउँदै आएका लामा सामाजिक सेवा तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। विशेषगरी दुःखी, असहाय, विपन्न तथा समस्यामा परेका नागरिकहरूको सहारा बन्दै उनी सामाजिक सेवाका काममा निरन्तर सक्रिय रहँदै आएका छन्।
युवाको नेतृत्व, सामाजिक न्याय र परिवर्तनको आवाज उठाउँदै आएका लामाले खेलकुदमार्फत अनुशासन, मेहनत र संघर्षको अनुभव हासिल गरेका छन्। अब पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, युवाहरूको सहभागिता बढाउने, स्थानीय जनताका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने तथा संगठन विस्तार गर्ने जिम्मेवारी उनको काँधमा आएको छ।
खेलकुद, सामाजिक सेवा र राजनीतिक यात्रालाई सँगसँगै अघि बढाउँदै आएका लामाको निर्वाचित हुनुलाई गिम्दीमा युवा नेतृत्वको नयाँ जिम्मेवारीका रूपमा हेरिएको छ।
@shinenews