
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिका वडा नं. १२ मा देउवा पक्षको वडा अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ।
ललितपुरका वरिष्ठ नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको प्रमुख आतिथ्य तथा विशेष अतिथि माननीय जितजंग बस्नेत लगायतका नेताहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।
अस्ति सम्पन्न गगन पक्षको अधिवेशनको तुलनामा आज देउवा पक्षको अधिवेशनमा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति बढी देखिएको थियो। अधिवेशनमा देउवा पक्षको बहुमत रहेको समेत जनाइएको छ।
अधिवेशनबाट ललितपुरकै पहिलो महिला वडा सभापति चयन भएको जनाइएको छ।