काठमाडौं–८ मा नेकपाबाट युवा नेता विशाल लामा सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले युवा नेता विशाल लामा तामाङलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। स्थानीय पार्टी कमिटीहरूको निर्णयअनुसार उनलाई केन्द्रमा सिफारिस गरिएको हो।
साविक एकीकृत समाजवादी निकट युवा संघका केन्द्रीय उपमहासचिव रहिसकेका तामाङ उपत्यकाका प्रभावशाली युवा नेता हुन्। वरिष्ठ नेता झलनाथ खनाल निकट मानिने उनले पुरानो पुस्तालाई सम्मान गर्दै युवा नेतृत्वको आवश्यकता पूरा गर्न आफू निर्वाचनमा होमिएको बताएका छन्।