ललितपुर क्षेत्र नं. १ मा एमालेको तयारी तीव्र: चेतनाथ सञ्जेल उम्मेदवार चयन

ललितपुर, ५ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) ले ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा चेतनाथ सञ्जेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको यो निर्णयसँगै स्थानीय नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ।
निर्वाचनको तयारीका सन्दर्भमा आज ललितपुरमा एमालेको महत्वपूर्ण तयारी बैठक भव्य रूपमा सम्पन्न भएको छ। बैठकले निर्वाचन लक्षित प्रचार-प्रसार, टोल कमिटी परिचालन र चुनावी रणनीतिका बारेमा ठोस निर्णयहरू गरेको छ। उम्मेदवार सञ्जेलले क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र समर्थनको अपेक्षा गर्नुभएको छ।
मनोनयन दर्ताको समय नजिकिँदै गर्दा एमालेले आफ्नो सङ्गठनात्मक शक्तिलाई परिचालन गर्दै घरदैलो अभियान र चुनावी अभियानलाई तीव्रता दिने योजना बनाएको छ। सञ्जेलको उम्मेदवारीलाई यस क्षेत्रमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।