
ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नं. ३ बाट खुल्ला युवा तर्फको महाधिवेशन प्रतिनिधिमा युवा, विद्यार्थी, व्यवसायी तथा समाजसेवी २२ वर्षीय श्रीहंश महत भारी मतले विजयी हुनुभएको छ।
विद्यार्थी जीवनसँगै व्यवसाय र समाजसेवामा सक्रिय महतले युवाहरुको मन जित्न सफल हुनुभएको हो। उहाँले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्नुभएको हो।
जितपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “तपाईंहरुले एक युवा विद्यार्थी र समाजसेवीमाथि गर्नुभएको यो विश्वास मेरो लागि ठुलो जिम्मेवारी हो। यो जित मेरो एक्लोको होइन, क्षेत्र नं. ३ का सम्पूर्ण युवा, विद्यार्थी र आम नागरिकको साझा जित हो।”
२२ वर्षकै उमेरमा पढाई, व्यवसाय र सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहनु भएका महतलाई क्षेत्रमा आशा लाग्दो युवा नेताको रुपमा हेरिएको छ।
@shinenews