ललितपुरमा नेकपा (संयुक्त) को सक्रियता: तीनै क्षेत्रमा उम्मेदवारी दर्ता

ललितपुर । आगामी निर्वाचनका लागि नेकपा (संयुक्त) ले ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेको छ। पार्टी स्रोतका अनुसार, क्षेत्र नं. १ मा अमृत नाथ बजगाई, क्षेत्र नं. २ मा रमेश आचार्य र क्षेत्र नं. ३ मा यज्ञ राज पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) बाट अलग भएपछि नेता घनश्याम भुसालले नेकपा (संयुक्त) मार्फत नयाँ राजनीतिक क्रान्तिको उद्घोष गर्नुभएको छ। पार्टीले भ्रष्टाचार विरुद्धको अभियान र राजनीतिक शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएको छ। भुसालको नेतृत्वमा भएको यस ध्रुवीकरणले ललितपुरको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। वामपन्थी राजनीतिमा नयाँ विकल्प दिने भन्दै नेकपा (संयुक्त) का उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त छन्।