नेपाली कम्युनिष्ट पार्टीको लाल किल्ला बन्दै डोल्पा

दुनै, डोल्पा ।
हिमाली जिल्ला डोल्पामा नेपाली कांग्रेस र नेकपा (एमाले) का दर्जनौँ नेता तथा कार्यकर्ताहरूले आफ्नो मातृ पार्टी परित्याग गरी नवगठित नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
ठुलीभेरी नगरपालिकाका विभिन्न वडाहरूबाट सामूहिक रूपमा पार्टी परित्याग गरी कम्युनिष्ट एकताको अभियानमा समाहित भएको घोषणा गरिएको हो। विशेषगरी ठुलीभेरी नगरपालिका वडा नं. २ बाट ठूलो संख्यामा कार्यकर्ताहरू नेपाली कांग्रेस र एमाले छोडेर प्रवेश गरेका हुन्।
प्रवेश गर्नेहरूको नामावली:
पार्टी प्रवेश गर्नेहरूमा ठुलीभेरी–२ बाट नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरू निराजन वि.क., मान बहादुर वि.क., प्रकाश वि.क., कान्छी वि.क., सुनरुपी वि.क., दिनेश वि.क., काले बहादुर वि.क., निर्मला वि.क., अखण्ड वि.क. र किरण वि.क. रहेका छन्।
त्यसैगरी, एमाले परित्याग गरी प्रवेश गर्नेहरूमा ठुलीभेरी–१ का मुकुन्द रोकाया र कमला रोकाया तथा वडा नं. २ का रण बहादुर रोकाया, कमला रोकाया, मान बहादुर भण्डारी, सनु वि.क., असु वि.क. र बले मिजार लगायत रहेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै स्थानीय नेताहरूले डोल्पा जिल्ला अब नेपाली कम्युनिष्ट पार्टीको 'लाल किल्ला' बन्ने दाबी गरेका छन्। अन्य पार्टीका नीति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले देशको समृद्धिका लागि एकीकृत कम्युनिष्ट शक्ति नै आवश्यक रहेको बताएका छन्।
पछिल्लो समय देशभरि नै विभिन्न वामपन्थी शक्तिहरू मिलेर बनेको नयाँ 'नेपाली कम्युनिष्ट पार्टी' प्रति आकर्षण बढ्दै गएको र डोल्पामा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।