संखुवासभाबाट कांग्रेस नेता दिपन कुमार श्रेष्ठले आज मनोनयन दर्ता गर्दै: निष्ठा र त्यागको परीक्षण

संखुवासभा
नेपाली कांग्रेसका नेता दिपन कुमार श्रेष्ठले आज संखुवासभाबाट आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गर्दै हुनुहुन्छ। ने.वि.संघको जिल्ला अध्यक्ष, एक कार्यकाल जिल्ला सभापति भई संखुवासभामा संगठनलाई मजबुत बनाएका श्रेष्ठ हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो।
२०६२-६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर संघर्ष गरेका श्रेष्ठले अहिलेसम्म कुनै पनि सार्वजनिक लाभको पद लिनुभएको छैन। सधैं जिल्लामै बसेर जनताको सेवामा समर्पित रहेका उहाँलाई एक निस्वार्थी समाजसेवी र भुईँमान्छेको नेताका रूपमा चिनिन्छ।
"जिल्लाबासीको सुख-दुःखमा सधैं साथ" दिने अठोटका साथ उनी आज कार्यकर्ता र शुभचिन्तकको ठूलो उपस्थितिका बीच निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै हुनुहुन्छ। जिल्लामै रगत-पसिना बगाएका श्रेष्ठको उम्मेदवारीलाई संखुवासभामा निष्ठाको राजनीतिको कदर हुने अवसरका रूपमा हेरिएको छ।