ठूलीभेरीका ११ वटै वडामा नेकपाको 'निर्वाचन परिचालन कमिटी' गठन

डोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले डोल्पाको ठूलीभेरी नगरपालिकामा आफ्नो चुनावी गतिविधि र संगठन सुदृढीकरणलाई तीव्र पार्दै सबै वडामा 'निर्वाचन परिचालन कमिटी' गठन गरेको छ। आइतबार जुफालमा सम्पन्न पार्टीको विशेष बैठकले नगरपालिकाका ११ वटै वडाका लागि जिम्मेवारी बाँडफाँट गरी कमिटीहरूलाई पूर्णता दिएको हो।
बैठकले तय गरेको वडास्तरीय नेतृत्वको पूर्ण विवरण यसप्रकार छ:
वडा नं. १: मुकुन्द रोकाय (संयोजक), कमन रोकाय (सह-संयोजक)
वडा नं. २: भीमप्रसाद रोकाय (संयोजक), निराजन वि.क. (सह-संयोजक)
वडा नं. ४: लिलराज रोकाय (संयोजक), रमेश बुढा (सह-संयोजक)
वडा नं. ५: केशरबहादुर रोकाय (संयोजक), मनवीर वि.क. (सह-संयोजक), राजेन्द्र रोकाय (प्रचार संयोजक)
वडा नं. ६: नरभूम रोकाय (संयोजक), पूर्णबहादुर बुढा (सह-संयोजक)
वडा नं. ७: सत्य विक (संयोजक), विष्णुकुमारी शाही (सह-संयोजक)
वडा नं. ८: विशाल बुढा (संयोजक), योगेन्द्र डाँगी (सह-संयोजक)
वडा नं. ९: हरिनन्द डाँगी (संयोजक), भुपेन्द्र शाही (सह-संयोजक)
वडा नं. १०: अनिल विक (संयोजक), अनिता विक (सह-संयोजक)
यो कमिटी गठनसँगै नेकपाले ठूलीभेरीमा आसन्न निर्वाचनको तयारीलाई ग्राससिट लेबलबाटै अगाडि बढाएको छ। नवगठित कमिटीका पदाधिकारीहरूलाई संगठन विस्तार र मतदाता शिक्षाका कार्यमा सक्रिय हुन निर्देशन समेत दिइएको छ।