उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँगको सहमति अन्त्यको घोषणा: 'चिम' चिन्ह लिएर चुनावमा जाने


काठमाडौँ: कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकताको सहमति भंग भएको घोषणा गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपासँगको सहकार्यलाई पूर्णविराम लगाउँदै स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको हो।
बैठकले आगामी निर्वाचनका लागि 'चिम' (Electric Bulb) लाई आफ्नो निर्वाचन चिन्हका रूपमा प्रयोग गर्ने औपचारिक निर्णय समेत गरेको छ। रास्वपासँग वैचारिक र सांगठनिक विषयमा कुरा नमिल्दा सहमति टुटेको पार्टी स्रोतले जनाएको छ।
अध्यक्ष घिसिङले अब आफ्नै एजेन्डा र संगठनको बलमा देशव्यापी अभियान सञ्चालन गर्ने र वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने उद्घोष गर्नुभएको छ। यससँगै उज्यालो नेपाल पार्टीले अब छुट्टै राजनीतिक अस्तित्वका साथ चुनावी तयारी तीव्र पार्ने भएको छ।
@shinenews