
काठमाडौँ। प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विपद् व्यवस्थापन कोषका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बैंकका प्रतिनिधिहरूले प्रतिनिधिसभा सदस्य एवं अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
देशभर आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्यको प्रयासमा सघाउ पुर्याउने उद्देश्यले बैंकले सो रकम प्रदान गरेको जनाएको छ।