
दक्षिण ललितपुरमा रहेका दुर्गम क्षेत्रका महिला र युवाहरुको प्रतिनिधित्व गर्दै पध्मकन्या बहुमुखी क्याम्पसबाट बिध्यार्थी राजनीति यात्रा गरेकी नेपाल बिध्यार्थी सघकी निवर्तमान केन्द्रिय सदस्य सुमित्रा घिमिरे १५ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन। पध्मकन्या बहुमुखी क्याम्पसमा मानविकी सकाय अन्तर्गत Class Captain हुदै ने बि सघ बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी नेतृले पध्मकन्या बहुमुखी क्याम्पसमा बिध्यार्थीहरुलाई प्रशासनिक र शैक्षिक समस्यामा सहयोग गरेकी बताउनुहुन्छ। त्यस्तै उनी पढाइका अतिरिक्त क्याम्पसमा अतिरिक्त क्रियाकलाप संचालन मार्फत बिध्यार्थीहरु र गुरुको प्रेरणाकि श्रोत बनेकी छिन। बिध्यालयस्तर देखि नै पढाइमा अब्बल नेतृ पढाइको अतिरिक्त अहिलेका युवाले बाहिरी ज्ञान पनि बटुल्नु पर्ने बताउछिन। अतिरिक्त कृयाकलापमा रुचि राख्ने भएका कारण पधमकन्या बहुमुखी क्याम्पसमा कविता प्रतियोगितामा उनी दितीय स्थान हासिल गर्न सफल भएको बताउछिन। त्यस्तै गुरु पुर्णिमा कार्यक्रम मार्फत पनि गुरुको सम्मान गरि गुरुहरुको मन जित्न सफल भएकि छिन। ललितपुर क्षेत्र न १ बुखेल, महाङकाल स्थायी घर भएकी नेतृले महाङकालमा बाढिपहिरो आउदा यहाँका स्थानीय नागरिकलाई लाभान्वित हुने गरि स्वास्थ्य सामाग्री औसधि सहयोग गरेकी थिइन। नेतृ महाङ्काल पुर्व बिध्यार्थी सघको सदस्य रहेर पनि महाङकाल गाउपालिकाको बिध्यार्थीहरुको लागि सहयोग गर्दै आएकि छिन। उनी हाल स्नातक सकेर पाटन सयुक्त क्याम्पसमा मुख्य बिषय अग्रेजी लिएर अध्ययनरत छिन। बदलिँदो देश , बदलिएको नेपाली कांग्रेस भित्र पनि अब अग्रजलाई सम्मान र युवा , महिलालाई स्थान दिनु पर्ने बताउछिन।
दक्षिण ललितपुरका महिला दिदिबहिनीहरु भु बनावटको कारणले गर्दा पनि धेरै पछि परेका छन।उनीहरुलाई ब्यक्तित्व, नेतृत्व बिकास मार्फत सीपमुलक रोजगारमुलक तालिम बिकास गरि महिला शशक्तीकरण मार्फत जीवनस्तरमा सुधार गर्नु पर्ने बिचार ब्यक्त गर्दछिन। नेपालको सबिधानमा राजनीतिक क्षेत्रमा ३३% महिला सहभागी गराउने भनेर भनेता पनि सिद्धांत र व्यबहारमा मेल नखाएको प्रती उनले गुनासो ब्यक्त गरेकी छिन। उनले सुगम क्षेत्रका महिलालाई मात्र होइन , दुर्गम क्षेत्रका महिलाहरु लाई पनि पार्टीले निर्णायक भुमिकामा स्थान दिनु पर्ने बताएकि च्जिन।त्यसैले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आफुलाई एक निष्ठा र इमान्दार कार्यकर्ताको रुपमा महाधिवेशन प्रतिनिधिका रुपमा प्रस्तुत हुने भएकि छिन।
पार्टी भित्रको आन्तरिक मतभेद अन्य गरि समन्वय , सहकार्य र एकता मार्फत नेपाली कांग्रेस एक ठाउमा उभिएर अघि बढनु पर्ने बताएकी छिन। युवा सहभागिता र पार्टीभित्र रुपान्तरण ,लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्ना गर्न , पार्टि भित्रको बैचारिक सुदृढीकरण , साघठनिक गतिशीलता र निष्ठावान कार्यकर्ताको सम्मानका साथ महाधिवेशन प्रतिनिधिका रुपमा आफुलाई उभिएको बताउछिन। नेतृ, ललितपुर महाङ्काल गाउपालिका-१ बुखेलबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन। उनले आफू लाई क्षेत्रीय प्रतिनिधि बनाउन अहम भुमिका खेल्नु हुने सम्पुर्ण नेता ,कार्यकर्तालाई धन्यवाद दिएकी छिन। उनले भनिन् - "म जन्मिदा पनि कांग्रेस थिए , अहिले पनि कांग्रेस थिए र भोलि पनि कांग्रेसको नै कार्यकर्ता हुनेछु। जीवनमा पहिलोचोटि कृयाशील पाएता पनि २०६४ साल देखि नै पार्टीलाई मतदान गरि सहयोग गरेको उनी बताउछिन। नेपाली कांग्रेस पार्टी पारिवारिक पृष्ठभुमीबाट भएकि नेतृ आफ्नो पार्टी भित्रै अस्तित्व र पहिचान खोजीरहेकी छिन। वि स २०४६ साल देखि बुबा कृष्ण प्रसाद भट्टराइको आदर्श ब्यक्तित्व नेपाली कांग्रेसमा लागेको बुबाको प्रेरणा बाट आफुले नेपाली कांग्रेस पार्टी रोजेको बताउछिन। योग्यता , क्षमता र सक्षम महिला र युवाले पार्टी भित्र स्थान पाउनु पर्ने उनको धारणा छ। उनले नेपाली कांग्रेस पार्टीको निष्ठावान ब्यक्ती बनेर आफुले समाजसेवा , राजनिती मार्फत देश सेवा गर्ने गर्ने अभिलाषा राख्नु भएको छ। अब महिलाहरु घर भित्र चुलो चौकोमा मात्र सिमित नभइ हरेक क्षेत्रमा जस्तै राजनीति , प्रशासनिक क्षेत्र , कानुनी क्षेत्रमा महिला शशक्तीकरण मार्फत खरो रुपमा उत्रिनु पर्ने बताएकी छिन। अहिले धेरै महिलाहरु शिक्षित र सभ्य छन ।स्वबिबेकी तरिकाले निर्णय गर्न सक्ने अबस्थामा पुगेका छन। महिलाहरुले अबसर पाएमा समाज परिवर्तनका सबाहक बन्न सक्छन , राष्टका लागि सेवा गर्न सक्छन । तसर्थ पार्टीका हरेक तह र तप्कामा महिलाहरुलाई प्रमुख जिम्मेवारी पद दिनु पर्छ भन्ने उनको तर्क छ।अहिले बनेको निर्वाचन निर्देशिकाको बिधानमा पनि धेरै युवा, महिला , अल्पसंख्यक , दलित , पिछडिएका क्षेत्रलाई पार्टीले कोटा छुट्याएको छ। महिलाहरुलाई कार्यसम्पादन देखि लिएर निर्णायक भुमिकामा पार्टीका दाजुभाइले पनि साथ, सहयोग दिनु पर्ने बताएकि छिन। केन्द्रिय महाधिवेशनमा महाधिबेसन प्रतिनिधिका रुपमा होमिएकि नेतृले ललितपुर क्षेत्र न १ का क्षेत्रीय प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मतमार्फत सहयोग गरी जिताउनु हुन हार्दिक अपिल गरेकी छिन।