
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन भएको छ। गोदावरी नगरपालिका नगर सभापतिमा शेखर न्यौपाने,महालक्ष्मी नगर सभापतिमा नन्द केसी, बागमती गाउँपालिका सभापतिमा वीरबहादुर लोप्चन, महांकाल गाउँपालिका सभापतिमा तुलाप्रसाद तिमल्सिना, र कोन्ज्योसोम गाउँपालिका सभापतिमा जीवन लामा निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका पाँचै पालिकाका सभापतिसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
@shinenews