
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापति पदमा सुसन वैद्यले उम्मेदवारी दिने भएका छन्। वैद्य यसअघि नेपाली कांग्रेस काठमाडौं महानगर समितिमा सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
आर्किटेक्ट इन्जिनियरसमेत रहेका वैद्य संस्कृति, सम्पदा संरक्षण तथा काठमाडौंका शहरी समस्याका विषयमा सक्रिय रहँदै आएका छन्। यसअघि पनि उनले काठमाडौं महानगरको नेतृत्वका लागि पार्टीभित्र आकांक्षा व्यक्त गरेका थिए।
महानगर सभापतिका रूपमा उम्मेदवारी दिने तयारीसँगै वैद्यले संगठन सुदृढीकरण, युवा सहभागिता तथा महानगरका स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा आफ्नो धारणा अघि सार्ने तयारी गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेस काठमाडौं महानगरको आन्तरिक राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।