
काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका युवा स्वस्थकर्मी फर्मासिस्ट अनिल कार्की पछिल्लो समय नेपाली कांग्रेसको युवा राजनीतिमा चर्चामा आएका छन्। ओखलढुंगालाई राजनीतिक आधार बनाउँदै आएका कार्की विद्यार्थी नेताको पहिचानबाट अघि बढ्दै संगठन निर्माण र पार्टी राजनीतिमा सक्रिय युवा अनुहारका रूपमा स्थापित हुँदै गएका छन्।
फार्मेसी पृष्ठभूमिका कार्कीले ले अध्ययनसँगै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिलाई अघि बढाएका हुन्। प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषदबाट फार्मेसी र त्रिभुवन बिश्वबिद्धालयबाट राजनिती शस्त्रमा स्नाकोतर शिक्षा हासिल गरेका उनले प्राविधिक शिक्षाकाे क्षेत्रमा
सकृय छ्न ।
उनको राजनीतिक यात्रामा आन्दोलनसँगै संगठनात्मक सक्रियता पनि महत्वपूर्ण देखिन्छ। नेविसंघले गरेका विभिन्न समयका विद्यार्थी अम्दोलनमा एक दशक देखि स सकृय छ्न नेविसंघ ईकाई हुँदै नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रिय सचिबको लामाे समय काम गरेका कार्की हाल नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रिय समितिका अध्यक्ष हुन ।
आन्दोलनमा उनको सक्रियता त्यसपछि पनि निरन्तर रह्यो। नेविसंघको प्रदर्शनका क्रममा धेरै पटक कार्की केही विद्यार्थी नेताका साथमा पक्राउ परेका थिए। उनीहरूको तत्काल रिहाइ भयकाे थियाे
सडक आन्दोलनसँगै संगठनभित्र पनि उनले जिम्मेवारी पाउँदै आएका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले र नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा सिटिईभिटि केन्द्रिय संयोजक सुशील खड्काले कार्कीलाई नेपाल विद्यार्थी संघ सिटिईभिटि केन्द्रिय समन्वय समितिको जिम्मेवारी दिएका थिए । नेविसंघको विधानअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको थियो।
विद्यार्थी संगठनमा सक्रिय हुँदै आन्दोलन र संगठनात्मक नेतृत्वको अनुभव हासिल गरेका कार्की अहिले नेपाली कांग्रेसको मूल राजनीतितर्फ अघि बढेका छन्। फार्मेसी पेशालाई निरन्तरता दिँदै राजनीतिक गतिविधिमा सक्रिय रहेका उनी कांग्रेसको १५औँ महाधिवेशनमा ओखलढुंगाबाट युवा तर्फ महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्।
उनको उम्मेदवारीलाई विद्यार्थी राजनीतिबाट प्राप्त संगठनात्मक अनुभवलाई पार्टीको मूल संरचनामा लैजाने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण र पार्टीलाई नयाँ पुस्तासँग जोड्ने विषयलाई उनले आफ्ना राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन्।
विद्यार्थी आन्दोलनमा लामाे समय सडकमा देखिएका कार्की अहिले पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा उभिएका छन्। आन्दोलनको अनुभव, संगठनात्मक जिम्मेवारी र यातायात व्यबसाहि तथा अाैषधि व्यावसायिकाे पृष्ठभूमिसहित कांग्रेसको नयाँ पुस्तामा आफ्नो राजनीतिक स्थान बनाउन खोजिरहेका कार्कीको आगामी यात्रा भने १५औँ महाधिवेशनपछि थप स्पष्ट हुने देखिन्छ। नेपाल विद्यार्थी संघ को केन्द्रिय राजनितीमा सकृय कार्की ईमानदार निडर र निरन्तर सकृय विद्यार्थी नेता हुन।